परिच्छेद सेनले निर्देशन गरेको फिल्म ‘प्रेमगन्ज’ जर्मनीलगायत युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने भएको छ।
अहिलेसम्म विदेशमा नेपाली समुदायले व्यक्तिगत रूपमा टिकट बिक्री गरेरे, रेस्टुरेन्ट तथा सभाहलमा फिल्म प्रदर्शन गर्दै आएका छन्। तर यो फिल्म विदेशी हलमा लाग्ने निर्माण टिमले जानकारी दिए।
अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको फिल्म पहिलो पटक प्रदर्शन गर्न लागेको हो। प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्याण्ड, माल्टा, डेनमार्क, नेदरल्यान्डलगायत युरोपका ४४ देशमा प्रदर्शन हुनेछ।
युरोप प्रदर्शनको वितरण जिम्मा जर्मनीको लोकह फिल्म इन्टरटेनमेन्टले लिएको छ। ‘अन्तर्राष्ट्रिय रूपमा यसरी प्रदर्शन गर्ने हाम्रो पहिलो प्रयास हो। अहिले हामीले पैसा भन्दा पनि भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मको लागि बाटो खुलाउने प्रयास गरेका हौं,’ निर्देशक सेनले भने,
‘फिल्मको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरूलाई देखाइरहेका छौं। सबैले नेपालमा पनि फिल्म उद्योग छ? भनेर सोध्नु हुन्छ, यसरी सोध्दा दु:ख लाग्छ। तर एक्पल टिभी, गूगल टिभी, हट्स्टार लगायतले फिल्म हेर्न खोजिरहनु भएको छ।’
भदौ ३ गते प्रदर्शन हुने फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानिया, राइडर प्रशान, सुप्रिया खनाल सिमरन खड्कालगायत कलाकारको अभिनय छ। फिल्ममा अभिनेत्री सुरक्षा पन्तलाई अतिथि भूमिकामा देख्न सकिन्छ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech