मधेश प्रदेशका जिल्लाबाट प्राय दिनहुँ लागुऔषध कारोवारी तथा सेवनकर्ता समातिरहेका छन् । प्रदेशमा लागुऔषध कारोवारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा बढी युवा छन् ।
समातिएका कारोवारीको तथ्यांक केलाउँदा प्रदेशमा लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको देखिएको छ । भारतसँगको खुला सीमानाको कारण प्रदेशमा लागुऔषधको कारोवार फष्टाएको छ । लागु औषध कारोवाहरीले खुला सीमानाको फाइदा उठाउदै सहज रुपमा गाँजा, अफिम, चरेसलगायतका प्रतिबन्धित समानहरु भारत पठाउने गरेको छ । प्रहरी तथ्यांकअनुसार गाँजा, अफिम र चरेस देशभित्रैबाट उत्पादन हुने गरेको छ । हेरोइन, कोकिन तथा विभिन्न ट्याब्लेट्स र कोरेक्स बोतलहरु भने भारतबाट नेपाल आउने गरेको छ ।
खुला सीमानाको साथ साथै युवाहरुमा बढ्दो बेरोजगारीले गर्दा उनीहरुको आकर्षण लागुऔषधतर्फ बढेको छ । विचौलियाहरु पक्राउ परे पनि मुख्य कारोवारी पक्राउ नपर्दा लागुऔषधको ओसारपोसारमा वृद्धि भइरहेको छ । प्रहरीले लागुऔषध विरुद्ध सक्रिय भएकोले कारोवारीहरु धमाधम पक्राउ परिरहेको बताइन्छ । तर, जतिको मात्रामा लागू औषध बरामद भइरहेको छ, त्यो भन्दा कयौ गुणा बढी भित्रिएको छ । कयौ युवाहरु सीमापारी गएर सेवन गरेरै फर्किने गरेका छन् । उनीहरुको सीमामा खटिएका सुरक्षाकर्मीसित सेटिङ भएको देखिन्छ । लागूऔषध सेवन गर्न जाने युवाहरुको सूची सीमा प्रहरीलाई छ । तर, पनि उनीहरुले प्रलोभनमा परेर यस्ता युवाहरुलाई बेरोकटोक आवतजावत गर्न दिएका छन् ।
जसका कारण लागूऔषधको कारोबार र यसको प्रयोग गर्नेको संख्या घटनुको सटट बढदै गएको छ ।
नेपालमा प्रतिबन्धित लागू औषधहरू भारतका सीमावर्ती बजारहरूमा खुलमखुला रूपमा खरिदबिक्री भइरहेको छ ।
भरतीय सीमावर्ती विभिन्न बजार क्षेत्रका केही किराना, औषधि पसल तथा झुपडीहरूमा अरू औषधिसरह सहजरूपमा प्रतिवन्धित लागूऔषध पाइने गरेको यसको छ । यसबाट सेवनकर्ताको संख्यामा वृद्धि भई स्थानीयस्तरमा आपराधिक मनोवृत्ति हाबी हुँदै गएको छ ।
युवा देशको कर्णधार हो, सुन्दर समाजको आधार हो तर दुव्यर्सनका कारण सम्पन्न परिवारको मात्र नभई अन्य धेरै परिवारका, बाबुआमाका सपना बोकेका, समाजका होनहार आशालाग्दा मान्छेहरु यस्तै लागुऔषधको दुव्यर्सनका फसेका यूवाहरु आफ्नो घर र समाजमा बिभिन्न घटना निम्ताउने गरेका छन् । दुव्यर्सनमा फसेकाहरुलाई पनि सहि मार्ग देखाउन, परामर्श र आत्मबल दिन सुधारगृहरुको प्रभावकारिता अनि समाजसँगको समन्वय अत्यन्त जरुरी छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech