जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा दिनदहाडै एक महिला लुटिएकी छन् । जनकपुरधाम–१ मिल्सएरियाबाट दिनदहाडै एक महिलाको दुई लाख लुटिएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ निवासी शर्मिला यादवले मिल्सएरियास्थित एभरेष्ट बैंकबाट २ लाख झिकेर घरतर्फ गइरहँदा उनको रकम लुटिएको छ । मोटरसाइकलमा दुई जनाको समूहमा रहेका लुटेराहरुले रकम लुटेर फरार भएका छन् ।
रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लुटेका छन् । साउदीमा रहेका उनका श्रीमान् देबशरण यादवले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै एउटा मोटरसाइकलमा आएका दुई जनाले रकम भएको झोला नै हातबाट लिएर भागेको शर्मिलाले बताइन् ।
झोलामा नगद २ लाख, नागरिकता, बैंक सम्बन्धी कागजात र थप ५ सय रुपैयाँ रहेको पीडित यादवले बताएकी छन् ।
यता, दिनदहाडै राजधानी जनकपुरबाट रकम लुटेका लुटेरा प्रहरीको लागि टाउको दुखाइ बनेको छ । प्रहरीले घटना लगत्तै खोजतलाश थालेपनि सोमबार बेलुकासम्म लुटेरा पक्राउ पर्न सकेको छैन् ।
रकम लुटमा संलग्न व्यक्तिीको तस्वीर फेला पारेपनि मास्ले समस्या भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ ।
मास्क लगाएकोले पहिचान गर्न कठिनाइ भएको धनुषाका प्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्रीले बताए । क्षेत्रीका अनुसार सीसीटीभी फुटेज समेत केलाइएको छ । तर, फुटेजमा पनि मास्क लगाएकोले पहिचान गर्न समस्या भएको उनले थपे ।
लुटेराहरुको खोजी भइरहेको उनले बताए । जनकपुरधामको व्यस्त ठाउँ मिल्स एरियाबाटै रकम लुटपाट हुनु प्रहरीको कमजोरी भएको स्थानीयको भनाई छ ।
जनकपुरधाम उपमहानगरपालिका–१ कि शर्मिला यादव मिल्स एरियास्थित एभरेष्ट बैंकबाट २ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लिएर भागेका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech