जनकपुरधाम । धनुषा प्रहरीले श्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपैयाँ नगदसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहारको मधुबनी जिल्ला ग्राम पंचायत हरलाखी हरिने वडा न.९ घर भएका १९ वर्षीय अब्दुल समी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सोमबार दिउँसो बिशेष सुचनाको आधारमा प्रहरी चौकी हनुमाननगरबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले जनकपुरधाम उपमहानगरपालिका १२ कुवाँस्थित महादेब मन्दिर नजिक लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको BR32AJ0170 नम्बरको भारतीय मोटरसाइकलमा सवार अब्दुल समीको शरिर खानतलासी गर्दा श्रोत नखुलेको नेपाली नगद २३ लाख ८९ हजार ४८० बरामद भएको छ । उनलाई उक्त नगद रूपैयाँसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech