जनकपुरधाम । जनकपुरधामको भानुचोकस्थित पजियार भवनका मालिक विरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
पजियार भवनका मालिक जगनाथ पजियारले धनुषाका एक व्यक्तिको ३० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि धनुषा जिल्ला अदातलमा मुद्दा दायर गरेपछि पक्राउ पुर्जी जारी गरेको हो ।
धनुषाको औरही गाउँपालिका वडा नम्बर २ देउरी बस्ने अशोक यादवको जाहेरीले प्रतिवादी भनिएको सबैला नगरपालिका वडा नं. १० हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ भानुचोक बस्ने जीवछ पजीयारका छोरा जगन्नाथ पजियारलाई पक्राउ गरि अदालतमा हाजिर गराउन धनुषा जिल्ला अदालतले जारी गरेको पत्रमा उल्लेख छ । अशोक यादवले पजियार विरुद्ध विगो मुद्दा दर्ता गरेका थिए । गत असार ३१ गते जारी गरिएको पक्राउ पूर्जीमा वादी अशोक यादवले दिएको बिगो मुद्दामा जगन्नाथ पजियारलाई पक्राउ गरी अदातलमा हाजिर गराउन उल्लेख गरिएको छ ।
अदालतको पक्राउ पूर्जीमा उनी उपर सोही मुद्दामा एक वर्षको जेल समेत सजाय तोकिएको उल्लेख गरिएको छ ।
धनुषा जिल्ला अदालतले गत जेठ २० गते गरेको निर्णय अनुसार उनलाई एक बर्षको सजाय तोकिएको छ भने तत्काल पक्राउ गरी अदालतमा हाजिर गराउन आदेश गरिएको हो ।
पजियारले यादवसँग ३० लाख रुपैयाँ लिएर सम्पर्कविहीन छन् । पजियारको जनकपुरधामस्थित भानु चोकमा ठूलो घर छ । उनी यहीं बस्दै आएका छन् ।
अदालतले प्रहरी समेतलाई पक्राउ गर्न पत्राचार गरेको जानकारी पाएपछि उनी फरार भएका हुन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech