जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका अपांग बालबालिकालाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले विदेह नगरपालिका र जनकनन्दिनी गाउँपालिकामा संचालितूसिकाई ९ीभबचल०ू परियोजना अन्र्तगत विद्यालय जाने १६ जना अपाङ्ग बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।
विदेह नगरपालिका उपमेयर आशा देवी झाको प्रमुख आतिथ्यमा अपांग बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
विदेह नगरपालिकाको जनता नमुना मा.वि. गिद्धा बेलापट्टीको ५ जना, श्री शंकर मा.वि. दुहवी गोवराहीका ६ जना र श्री मा.वि. ठाडीका ५ जना अपांग बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
बालबालिकाहरुको शारिरीक अवस्थालाई ध्यानमा राख्दै शैक्षिक सामग्री वितरण कार्य ३ स्थानमा गरिएको थियो ।
जनता नमुना मा.वि. गिद्धा बेलापट्टिका प्र.अ. पवन कुमार मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर झाले बालबालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकी थिइन् ।
सो अवसरमा विदेह नगरपालिकाका शिक्षा संयोजक सन्तोष कुमार यादव लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।
विदेह नपा वडा नं. २ का वडाध्यक्ष रामकुमार सहनीको अध्यक्षतामा शंकर मा.वि. दुहवी गोवराहीमा पनि शैक्षिक सामग्री वितरण गरिएको थियो ।
सो अवसरमा वडा नं. २ का वडा सदस्य फिरन नदाफ, सुधिरा देवी चौधरी, पुनम देवी महरा र सहायक शिक्षक राजकुमार कापरको उपस्थिति रहेको थियो ।
विदेह नगरपालिका वडा नंं १ को मा.वि. ठाढीमा वडाध्यक्ष संजय पाण्डेको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री बालबालिकालाई वितरण गरिएको छ । विद्यालयका प्रधानाध्यापक उमेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सिकाई परियोजनाको फिल्ड सुपरभाइजर विजय कुमार सदा र कार्यक्रम संयोजक संजीबकुमार साहले उद्घोषण गरेका थिए । कार्यक्रम व्यवस्थापन आसमान नेपालको फिल्ड सुपरभाइजर रामविनय यादव र सरस्वती शर्माले गरेका थिए ।
बालबालिकालाई १० पिस २ लाईन कपी, ६ पिस ४ लाईन कपी, १ प्याकेट डट पेन, १ प्याकेट पेन्सिल, इरेजर ६ पिस, कटर ६ पिस, जोमेट्रिक बक्स १ सेट, कलर पेन्सिल १ प्याकेट, स्कुलव्याग १ पीस, सर्टका कपडा २ मिटर, प्यान्टको कपडा १.५ मिटर, स्कुल जुत्ता र मोजा १ जोर प्रदान गरिएको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech