करार र ज्यालादारीमा कार्यरत रहेका कर्मचारीलाई हटाएपछि उनीहरू आन्दोलित भएका छन् ।
सर्लाहीको कविलासी नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारीहरु पुनः बहालीको माग राख्दै धर्ना बसेका छन् ।
गत असार १२ गते कविलासी नगर कार्यपालिकाको बसेको बैठकले करार सेवामा कार्यरत कर्मचारीहरुको साउन १ गतेदेखि म्याद थप तथा करार नवीकरण नहुने निर्णय गरेको थियो ।
उक्त निर्णयले कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरुप्रति अन्याय भएको भन्दै निर्णय सच्याएर पुनः पदबहाली गर्नुपर्ने मागसहति उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
विगत ६ दिनदेखि नगरपालिका कार्यालय अगाडी शान्तिपूर्ण धर्नामा बसेका करार तथा ज्यालादारी कर्मचारीहरुले समयमै माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech