जनकपुरधाम । अवैध रुपमा काँटा(तराजु) प्रयोग गर्दै आएका जनकपुरका व्यापारीलाई कारबाहीमा परेका छन् ।
गुणस्तर तथा नापतौल कार्यालय जनकपुरले यस्ता व्यापारीलाई कारबाही गरेको हो । गुणस्तर तथा नापतौल कार्यालयबाट अनुमति पत्र नलिई उनीहरुले अवैध तरिकाले काँटा(तराजु) को प्रयोग गर्दै आएका छन् ।
गुणस्तर तथा नापतौल कार्यालयबाट खटिएको अनुगमन टोलीले जनकपुरका करिब दुई दर्जन व्यापारीले अवैध रुपमा प्रयोग गर्दै आएको काँटा जप्mत गरेर कारबाही गरेको हो ।
अवैध रुपमा काँटा प्रयोग गरेर उपभोक्ता ठगी गर्दै आएका व्यापारीहरुलाई तीन दिन भित्र सम्पूर्ण कागजात लिएर कार्यालयमा उपस्थित हुन निर्देशन दिएको गुणस्तर तथा नापतौल कार्यालय जनकपुरले जनाएको छ ।
गएको साउन ८ गतेदेखि १० गतेसम्म गरिएको बजार अनुगमनको क्रममा २१ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । ती फर्महरुले इलेक्ट्रोनिक काँटा विना अनुमति लिई प्रयोग गर्दै आएको पाइएको गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका निमित्त प्रमुख वीरेन्द्र उपाध्यायले बताए ।
जनकपुरधाम उपमहानगरपालिका–७ र ८ मा गरिएको बजार अनुगमनको क्रममा अनुमपति पत्र नलिएर प्रयोगमा ल्याएको काँटा जप्mत गरेको गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका निमित्त प्रमुख उपाध्यायले बताए ।
काँटा खरिद गरेको ३५ दिन भित्र गुणस्तर तथा नापतौल विभागबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था रहेको छ । अनुमति पत्र नलिएमा स्टाण्र्डड नापतौल ऐन २०२५ अनुसार कारबाही गर्ने प्रावधान रहेको उनले बताए ।
जनकपुरधाम–७ भ्रमरपुरा चौकस्थित श्रीदुर्गाजी हार्डवेयर, राहुल टे«डर्स, अंकित एण्ड आदर्श टे«डर्स, सोभित ठाकुर ग्रिल पसल, न्यु इन्जिनियरिंग वर्कसप, न्यु देवकी किराना पसल, रोहन मिष्ठान भण्डार, न्यु चाँदनी किराना स्टोर्स, माँ डीके ज्वेलर्स, दक्षिणकाली किराना स्टोर्स, चाहत किराना पसल, चान्दनी स्टोर्स र जनकपुर–८ का न्यु नन्दनी इन्टरप्राइजेज, आदित्य हार्डवेयर, रंजित किराना पसल, न्यु शिवम जेनरल स्टोर, सरस्वती किराना पसल, अन्नपूर्ण टे«डर्स, रुपेश किराना पसल, झाजी किराना पसल, पाठक किराना स्टोर्स, एके किराना स्टोर्स र माहि जेनलर स्टोर्सले अनुमति नलिई काँटा प्रयोग गर्दै आएका छन् । सबै फर्महरुलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने उपाध्यायले बताए । जनकपुरका व्यापारीहरुले अनुमति पत्र नलिई आपूmखुशि काँटा, ढक तराजुको प्रयोग गरेर उपभोक्ता ठगी गर्दै आएका छन् । गुणस्तर तथा नापतौल कार्यालयका सहायक निरीक्षकद्वय सुशान्त चौधरी र मनोज कुमार साह, सिकिनदेव प्रसाद रोहिता लगायतको टोलीले बजार अनुगमन गरेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech