जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) सम्बद्ध समाजवादी युवा संघको राष्ट्रिय सम्मेलन यही साउन ३१ गतेदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने भएको छ ।

समाजवादी युवा संघको काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले अगामी साउन ३१ गतेदेखि भदौ १ गतेसम्म दुई दिने राष्ट्रिय सम्मेलन जनकपुरधाममा गर्ने निर्णय गरेको हो ।

जसपा केन्द्रिय कार्यकारणी सदस्य सुशिला श्रेष्ठको प्रमुख अतिथ्यमा भएको बैठकले संघ सम्बद्ध देशभरिका बिभिन्न तहमा आवद्ध सदस्यहरूको विशाल सम्मेलन गर्ने निर्णय गरिएको समाजवादी युवा संघका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका मुख्य सचिव मनिष यादवले जनाए । सम्मेलनमा विभिन्न जिल्लाहरुका एक हजार बढीको सहभागीता रह्ने यादवले बताए । सम्मेलनको लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । आर्थिक समिति, अतिथि सत्कार समिति, मंच व्यवस्थापन तथा स्वयम्सेवक परिचालन समिति, प्रचार प्रसार समिति र जनपरिचालन समिति गठन गरिएको हो ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको चर्चा चलिरहदा जसपाका युवा संगठनले पार्टीमा नयाँ उर्जा र जोश संचार गर्न खोजेको उनले बताए । राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा जसपाका शिर्षस्थ नेताहरु समेत सहभागी हुने उनले बताए ।

डा. बाबुराम भट्टराई पक्ष पार्टीबाट अलग्गिएपछि युवाहरुले पार्टीमा नयाँ उर्जा परिचालनग र्न लागिपरेका छन् । चुनावको मुखमा हुन लागेको युवाहरुको राष्ट्रिय सम्मेलनले पार्टीलाई फाइदा हुने विश्वास गरिएको छ ।

जनकपुरधाममा सम्मेलन गर्ने निर्णय भएको छ, मुख्यसचिव यादवले भने–स्थानको टुंगो लागेको छैन् ।

डा.बाबुराम भट्टराई पक्ष कारवाहिमा परेर अर्कै पार्टी बनाउने भएपछि युवाहरुले आफ्नो शक्ति प्रदर्शन गर्न समेत जनकपुरमा राष्ट्रिय सम्मेलन गर्न लागेको हो । केन्द्रीय समितिको बैठकमा धनुषाबाट दुई जना मात्रै सहभागी जनाएका थिए । सचिवालय सदस्य स्मृती मिश्र र केन्द्रीय सदस्य धिरेन्द्र यादवले बैठकमा सहभागी जनाएका छन् । १ सय ३३ सदस्यीय केन्द्रीय समिति रहेपनि समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष योगेन्द्र राय यादवसहित ३० जनाको मात्रै सहभागीता रहेको थियो । मधेश प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका अध्यक्ष यादवले आप्mनो निकटका केन्द्रीय सदस्यहरुलाई काठमाण्डौ लगेका थिए ।

सम्बन्धित खवर