जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले मंगलबार पालिकाका अपांग बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले उपलब्ध गराएको शैक्षिक सामग्री गापा अध्यक्ष यादवले वितरण गरेका हुन् ।
जनकनन्दनी गाउँपालिकामा संचालित सिकाई ९ीभबचल० परियोजना अन्र्तगत विद्यालय जाने १६ जना अपांग बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
आधारभुत विद्यालय कठालका प्रधानाध्यापक रामबहादुर ठाकुरको अध्यक्षतामा आयोजित अपांग बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष यादवले बालबालिकालाई शैक्षिक सामग्री वितरण गरे ।
मा.वि. खजुरी चन्हाका ४ जना , श्री आधारभुत विद्यालय बल्हागोठका ४ जना, श्री आधारभुत विद्यालय कठालका ३ जना, श्री गिरिजा आधारभुत विद्यालय महुवाका २ जना र श्री शंकर मा.वि. बनरझुलाका ३ जना गरी १६ जना बालबालिकालाई १० पिस २ लाईन कपी, ६ पिस ४ लाईन कपी, एक प्याकेट डट पेन, एक प्याकेट पेन्सिल, इरेजर ६ पिस, कटर ६ पिस, जोमेट्रिक बक्स एक सेट, कलर पेन्सिल एक प्याकेट, स्कुलव्याग एक पीस, सर्टका कपडा दुई मिटर, प्यान्टको कपडा १.५ मिटर, स्कुल जुत्ता र मौजा एक जोर वितरण गरिएको थियो ।
सो अवसरमा वडा नं. ६ का वडाध्यक्ष सुर्यदेव यादव, प्रअ रामकिशोर यादव, प्रअ हरिलाल यादव, प्रअ राजेन्द्र साह, प्रअ रामबहादुर ठाकुर, प्रअ धर्म नाथ यादव, प्रअ भोला प्रसाद यादव, प्रअ लक्ष्मण साह र प्रअ दुर्गा प्रसाद मण्डलको उपस्थिति थियो । आसमान नेपालका कार्यक्रम संयोजक संजीब कुमार साह, फिल्ड सुपरभाइजरहरु विजयकुमार सदा, अम्बिका कुमारी यादव, राजेन्द्र सदा, मनोहर रामले कार्यक्रम व्यवस्थापन गरेका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech