जनकपुरधाम । मधेश प्रदेशका ६४ हजार ३९ जनालाई जन्मको आधारमा नागरिकता प्रदान गरिएको छ ।
गृह मन्त्रालयले जारी गरेको विवरण अनुसार मधेश प्रदेशका ८ जिल्लामा ६४ हजार ३९ जनालाई जन्मको आधारमा नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो । पर्सामा सबैभन्दा बढी १५ हजार १७, धनुषामा १३ हजार ८ सय १, सर्लाहीमा ११ हजार ८ सय ९७, बारामा ११ हजार १ सय ४४, महोत्तरीमा ६ हजार ५ सय ९८, सप्तरीमा ५ हजार ७ सय ९४, सिरहामा ५ हजार ३ सय ४६ र रौतहटमा ४ हजार ३ सय ५२ जनालाई जन्मको आधारमा नागरिकता प्रदान गरिएको गृह मन्त्रालयको तथ्यांकले देखाएको छ ।
जन्मको आधारमा नागरिकता सबै भन्दा बढीÞ झापा, मोरंग र सुनसरीमा प्रदान गरिएको छ । देशभरका ४९ जिल्लामा अहिलेसम्म १ लाख ९० हजार ७२६ जनालाई जन्मको आधारमा नागरिकता प्रदान गरिएको गृहमन्त्रलयको तथ्यांक छ ।
गृह मन्त्रालयका अनुसार नागरिकता ऐन २०६३ बमोजिम जन्मको आधारमा प्रदान गरिएका नेपाली नागरिकता १ लाख ९० हजार ७२६ रहेको छ । यो ऐनको आधारमा सबै भन्दा बढ़ी झापामा २६ हजार ४३०, मोरंगमा २२ हजार ७४३ र सुनसरीमा २१ हजार ५६७ जनालाई नागरिकता प्रदान गरिएको छ ।
झापा, मोरंग र सुनसरीपछि सबै भन्दा बढी रूपन्देही जिल्लामा १५ हजार २९ नागरिकता प्रदान गरिएको गृह मन्त्रालयको तथ्यांक छ । यस बाहेक नेपालका अन्य जिल्लाहरूमा ४० हजार ९१८ नागरिकता जन्मका आधारमा नेपाल नागरिकता ऐन २०६३ बमोजिम प्रदान गरिएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech