वीरगञ्ज । नेपाली नक्कली नोट सहित एक जनालाई वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेका प्रहरीटोलीले रौतहटको परोहा नगरपालिका वडा नम्बर ३ बस्ने बिटु दुवेलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो ।

प्रहरीले चेकजाँचका क्रममा दुवेको साथबाट नेपाली १ हजार दरको ६ थान नक्कली नोट फेला पारेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लिराज सापकोटाले बताए ।

भारतीय नक्कली नोट पटक पटक बरामद हुने गरेको थियो तर अहिले वीरगञ्जको बजारमा नेपाली एक हजार दरका नक्कली नोट छरिएको हुनसक्ने आंकलन प्रहरीले गरिएको छ ।

सम्बन्धित खवर