मधेश प्रदेशको राजधानी जनकपुरधाममा अघिल्लो समय चर्को मुल्यमा घटी सामान दिने घटना बढेको छ । गत वर्ष जसपा नेतृत्वको सरकारले प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई घोषणा गराउन सफल भएपछि यहाँको प्रत्येक क्षेत्रमा सकारात्मक प्रभाव परेको छ । व्यापार, पर्यटन लगायतको क्षेत्रमा बढी नै प्रभाव देखिएको छ । तर, जनकपुरका व्यापारीहरु भने अभैm विगतकै सोच र मांसिकताले उपभोक्ताको व्यवहार गर्छ । बजारमा थरी थरीको दररेटले पनि अन्य जिल्लाबाट जनकपुर आएको नागरिकलाई असहज बनाएको छ । चर्को मुल्यमा घटी सामान दिने विकृति पनि अघिल्लो समय जनकपुर बजारमा बढेको छ । अवैध रुपमा प्रयोग गर्दै आएको काँटाले उपभोक्तालाई थप त्रसित बनाएको छ । उपभोक्ताको विश्वास जितेर अघि बढनुको सट्टा यहाँका व्यापारीहरुले मनमौजी तरिकाले दररेट कायम गरेर घटी सामान तौल गरेका छन् । जसले जनकपुरको बारेमा एक प्रकारको नकारात्मक सन्देश प्रवाह गरेको छ । प्रदेशका अन्य जिल्लाहरुबाट आएका प्रदेशसभा सदस्यहरुले पनि जनकपुरको व्यवहारलाई रुखो भन्दै आएका छन् । जनकपुरको न बात राम्रो न भात राम्रो भन्दै उनीहरु यहाँ बस्न चाहदैनन् । यस्तो धारणालाई गलत साबित गरेर अघि बढनुपर्छ । उपभोक्ता ठगी गर्ने व्यापारीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ । बजार मुल्यको समेत समय समयमा अनुगन गरेर मनमौजीलाई रोक्नुपर्ने देखिएको छ । यसको लागि सरोकारबाला निकायले नेतृत्व लिनुपर्छ । यो कार्यमा जनकपुर उद्योग वाणिज्य संघले पनि समन्वय गर्नुपर्ने भएको छ । ग्राहक भए पो व्यापार । ग्राहक नभए व्यापार अघि बढ्ने कुरै भएन् । त्यसैले ग्राहकलाई सुमधुर व्यवहार गरेर उचित मुल्यमा सही सामान दिनुपर्छ । होइन भने जनकपुरको व्यापारमा यसले नकारात्मक प्रभाव पार्ने पक्का छ । त्यसैले यसलाई नियन्त्रण गर्न सरोकारबाला निकायलाई जनकपुर उद्योग वाणिज्य संघले पनि सघाउनुपर्छ । सरोकारबाला निकायले पनि नियमित रुपमा बजार अनुगमन गरेर मुल्यमा एकरुपता कायम गर्नुका साथै अवैध काँटा, ढकको प्रयोग गर्ने व्यापारीलाई कानूनी दायरामा ल्याउनुपर्छ । बजार मुल्य फरक फरक हुँदा ग्राहकको अविश्वास बढनु स्वभाविक रहेकोले एकरुपता कायम गरेर अघि बढनुपर्छ । यसको लागि व्यापारीहरुले पनि आ आप्mनो जिम्मेवारी बहन गर्नुपर्ने आवश्यक्ता देखिन्छ ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग