जनकपुरधाम । जनकपुरधामबाट २ लाख रुपैयाँ लुटेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विदेशबाट श्रीमानले पठाएको रुपैयाँ बैकबाट झिकेर घर फर्किने क्रममा महिलाबाट लुटिएको रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए । लुटपाटमा संलग्न रहेको आरोपमा लक्ष्मीनियाँ गाउँपालिका–७ का २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डललाई पक्राउ गरिएको छ ।
गएको साउन ९ गते श्रीमानले विदेशबाट पठाएको दुई लाख रुपैयाँ बैंकबाट झिकेर घर फर्किदै गर्दा २८ वर्षीया शर्मिला देवीको हातमा रहेको रुपैयाँसहितको झोला लुटेर दुवै जना फरार भएका थिए ।
सबैला–४ पटेर्वाका देवशरण यादवले सउदी अरबबाट पठाएको दुई लाख रुपैयाँ जनकपुरधाम–१ स्थित एभरेष्ट बैंकबाट लिएर घर फर्किदै गरेकी २८ वर्षीय शर्मिला देवीको हातमा रहेको झोला लुट्नेलाई पक्राउ गरिएको उनले बताए । महिलाबाट लुटिएको रुपैया समेत लुटेराहरुबाट बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले रुपैयाँ लुटपाटमा प्रयोग भएको २–०२–००५–प ००८५ नम्बरको मोटर साइकलसमेत बरामद गरेको छ । सबैला नगरपालिका–४ पटेर्वाकी शर्मिला जनकपुरधाम उपमहानगरपालिका–१ मा बस्दै आएकी छन् । मिल्स एरियामा रहेको एभरेष्ट बैंकबाट झिकेको रुपैयाँ र मोबाईल समेत प्लाष्टिकको झोलामा राखि हातमा बोकी आफ्नो घर तर्फ फर्किने क्रममा पछाडीबाट मोटरसाईकलमा गएका दुई जना अपरिचित व्यक्तिहरुले झोला लुटेर फरार भएको थियो ।
लक्ष्मीनिया गापा वडा नं. ७ बस्ने राम प्रसाद साहको छोरा कृष्ण प्रसाद साहको नाउँमा मोटरसाइकल रहेको अनुसन्धानबाट खुलेको थियो ।
मोटरसाइकल खोजतलास गर्दै जाने क्रममा कृष्ण प्रसाद साहको घरमा फेला परेको थियो ।
उनको घरमा रहेको पलङको घर्रा (बक्स) मा लुटेर लगेको नगद ५४ हजार र मोबाईल फेला पारिएको थियो । घरमै लुकेर बसेको अवस्थामा कृष्ण प्रसाद साहको भाई जितेन्द्र प्रसाद साहलाई पक्राउ गरिएका थियो ।
जितेन्द्रलाई घटना वारदात सम्बन्धमा सोधपुछ गर्दा वारदातमो मोटरसाईकल आपूmले चलाएको स्वीकार गर्दै मोटरसाईकलमा पछाडी सवार भगवतीपुरका दिपेन्द्र मण्डलले नगद २ लाख र मोबाईल राखेको झोला खोसेको बयान दिएका थिए । उनले उक्त नगद दुई जनाले बाँडफाँड गरी लिएको समेत प्रहरीलाई बताएका थिए । दिपेन्द्र मण्डल पनि आप्mनै घरमा लुकेर बसेको अवस्थामा लुटेको ७८ सहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech