जलेश्वर । महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका ६ किसाननगरका २५ वर्षीय संजय परियार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

बुधवार राति औरही नगरपालिका ४ कठुधार स्थित माईस्थान सम्सी सडक खण्डमा प्रहरी टोलीले चेकजाँचको क्रममा पैदल हिडेर आईरहेको परियारलाई एक्सिप्लोन सिरप ५ बोतलसहित पक्राउ गरिएको प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

महोत्तरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा पाँच दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

लागूऔषध कारोबारमा संलग्न एक हजार २८५ पक्राउ

जनकपुरधाम । मधेश प्रदेशमा गएको एक वर्षमा लागूऔषध कारोबारमा संलग्न १ हजार २ सय ८५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा २५ जना महिला र १ हजार २ सय ६० पुरुष गरी १ हजार २ सय ८५ जनालाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

लागूऔषध तर्फ प्रहरीले ४ हजार ३५ किलो ८ सय ६० ग्राम गाँजा, १ सय ६४ ग्राम ब्राउन सुगर, ५१ किलो ५ ग्राम ९ सय ८० मिलिग्राम चरेस, ९८ ग्राम १६३५ मिलिग्राम हिरोइन, २१३ लिटर डाईलेक्स डिसी, ७० हजार १ सय २४ पिस लागू औषध ट्याब्लेट र ३९ हजार ६७ पिस लागुऔषध इन्जेक्सन बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

खुला सीमाना भएको र भारतमा बिक्री गर्नमा निषेध नभएका औषधिहरू खरिद गरेर नेपाल ल्याई बिक्री वितरण गर्ने गरेका छन् । खास गरेर किशोर किशोरीहरूको सङ्ख्या अधिक रहेको पनि प्रहरीको तथ्याङ्कमा रहेको छ ।

नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७÷७८ को तुलनामा २०७८÷८९ मा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा ५० प्रतिशत वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्षमा रु ५३ अर्ब ६८ करोड २८ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा गत रु २६ अर्ब ८१ करोड पाँच लाखभन्दा बढी अर्थात् रु ८० अर्ब ४९ करोड ३३ लाखभन्दा बढीको सामान निर्यात भएको थियो । अघिल्लोे आवको तुलनामा गत आवमा ४९ दशमलव ९४ प्रतिशत बढी हो ।

उक्त नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत बस्तु रहेको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

उनले अघिल्लो आवको तुलनमा गत आवमा भटमासको प्रशोधित तेल निर्यातमा १३ प्रतिशतले कमी आएको तर सूर्यमुखीको प्रशोधित तेल ५६ प्रतिशत, फलफूलको जुस ४१ प्रतिशत, जमोठ कपडाको निर्यात ४५ प्रतिशतले वृद्धि भएको बताए ।

भारत तथा तेस्रोमुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सरकारले दिएको अनुदानकोे दायरालाई अझै फराकिएलो बनाए निर्यात प्रवद्र्धनमा मद्दत पुग्ने उद्योगपति व्यवासायीको भनाइ थियो ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग