जनकपुरधाम । धनुषा प्रहरीले भन्सार छली गरि ल्याएको अवैध मालसामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष अनुसन्धान टोलील जनकपुरधाम उप–महानगरपालिका–१२ स्थित जनकपुर–जटही सडक खण्डमा भारतबाट भन्सार छलि गरी प्लास्टिकको बोरामा ल्याएको करिब ३ लाख १८ हजार मुल्य बराबरको चस्मा बेवारीसे अवस्थामा बरामद गरिएको हो ।
बुधबार साँझ बिदेह न.पा. वडा नं. १ रेल्बे स्टेशन नजिक भारतबाट नेपाल तर्फ भन्सार छलि अवैध रुपमा ल्याएका बिभिन्न कपडा, मोबाईलको पार्टपुर्जा गरी करिब १ लाख ६१ हजार ४५० रुपैयाँको मालसामान बरामद गरेको हो ।
ती सामानहरू आवश्यक कार्वाहीको लागि बिहीबार भन्सार कार्यालय जनकपुरमा पठाईएकोछ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech