जनकपुरधाम । पटक पटक विवादमा मुछिदै आएका मधेश प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव कार्यकर्ताबाट कुटिएका छन् । जनता समाजवादी पार्टी(जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको विषयमा अनावश्यक टिप्पणी गर्दा उनी आप्mनै पार्टीका कार्यकर्ताबाट कुटिएका हुन् । दिनभरि पार्टीकै नेताको विरोध गर्दै हिड्ने राज्यमन्त्री यादव अनावश्यक टिप्पणीका कारण पटक पटक विवादमा मुछिदै आएका हुन् ।
गएको साउन ९ गते सोमबार दिउँसो साढे दुई बजेतिर पार्टी कार्यालय बालकुमारी पुगेका राज्यमन्त्री यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवको बारेमा नाकारात्मक टिप्पणी गरेपछि जसपा पार्टी संगै आबद्ध नेपाल ईन्जिनियरिंग समाजका केन्द्रीय सह–अध्यक्ष ई. संजिव नारायण यादवले झापड हानेका थिए । अध्यक्ष यादवकै कारण राज्यमन्त्री बन्न सफल उनी पार्टीकै नेताहरुबारे नकारात्मक टिप्पणी गर्न अगाडि हुन्छ । मधेश प्रदेश सरकार स्थापना भएपछि राज्यमन्त्रीमा नियुक्त भएका यादव मधेश प्रदेश सरकारकै मन्त्रीहरुबारे विवादित टिप्पणी गर्दै आएका छन् ।
राज्य मन्त्री यादवले गत स्थानिय निर्वाचनमा अध्यक्षले सहयोग नगरेको ,प्रचार प्रसार नगरेकोले पार्टीको हार भएको र आफुलाई जानीजानी चुनाव हार्ने ठाउंँबाट टिकट दिएको आरोप लगाएका थिए ।
अध्यक्ष यादब माथि निरन्तर गाली गलौज गरेपछि ई. यादब र राज्यमन्त्री बीच भनाभन भएको थियो । भनाभन उग्र हुदै गएपछि दुवै जना बीच कुटाकुट भएको थियो । उहाँहरु कुटाकुट भएको पल्लो कोठामा बसेका पार्टी अध्यक्षका स्वकीय सचिव सुभाष यादवले विवाद साम्य पारेका थिए । मधेश प्रदेश सरकारको बजेट दुरुपयोगका कारण आप्mनै जिल्लामा विरोधको सामना गरिरहेका राज्यमन्त्री यादवलाई आउँदो चुनाव सहज नहुने स्थानीयहरु बताउँछन् । राज्यमन्त्री यादवको गैरराजनीतिक हर्कतले रौतहट जिल्लाका पार्टी नेता र कार्यकर्ता आजित छन् । उनले पार्टीमा आपूmखुशि गर्दा रौतहट जिल्ला समितिसहित प्रदेश, केन्द्रीय र स्थानीय नेताहरु पनि उनको क्रियाकलापबाट असन्तुष्ट छन् । यस विषयमा राज्यमन्त्रीलाई सम्पर्क गर्दा उनको मोबाइल उठेन ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech