जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
जसपा मधेश प्रदेश समितिले शुक्रबार महोत्तरीको बर्दिबासमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेका छन् । जनप्रतिनिधिहरुलाई सम्मान गर्दै अध्यक्ष यादवले स्थानीय सरकार ऐनलाई टेकेर जनतालाई अनुभूति हुने गरी काम गर्नको लागि निर्देशन समेत दिएका थिए । स्थानीय तह आपैmमा अधिकार सम्पन्न रहेकोले जनमुखि काम गर्नको लागि उनले सबैलाई आग्रह पनि गरे । विगतको कमीकमजोरीबाट पाठ सिकेर जनताले दिएको म्याण्डेडको सम्मान गरेर अघि बढ्न अध्यक्ष यादवले जनप्रतिनिधिहरुलाई सुझाए । आगामी आम चुनावको तयारीमा जुट्न जनप्रतिनिधिसहित नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु कुमार यादवको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा मधेश प्रदेशका नवनिर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति थियो । मधेश प्रदेशमा जसपाले २५ पालिका प्रमुख जितेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech