लहान । पुर्नबहालीको माग गर्दै सिरहाको बरियारपट्टी गाउँपालिकामा कार्यरत्त करारका कर्मचारीहरुले शुक्रबार लगातार चौथो दिन धर्ना बसेका छन् ।

गएको असार १ गतेदेखि नगरपालिकामा कार्यरत्त करारका कर्मचारीलाई हटाएको थियो । नगरपालिकाको उक्त निर्णयको विरोध गर्दै करारका कर्मचारीहरुले पुर्नबहालीको माग गर्दै नगरपालिका परिसरमा शुक्रबार पनि धर्ना बसेका हुन् ।

पालिकाले एकैपटक ७२ जना करारका कर्मचारीहरुलाई हटाउने निर्णय गरेपछि उनीहरुको बिचल्ली भएको छ । पूर्व जनप्रतिनिधिहरुले नियुक्त गरेका करारका कर्मचारीलाई नयाँ जनप्रतिनिधिहरुले हटाउने निर्णय गरेका छन् । करारको कर्मचारी हटाउने विषयलाई लिएर कयौ पालिकामा मेयर र उपमेयर बीच टसल नै भएको छ ।

करारका कर्मचारीहरुलाई हटाउदा पालिकाको काम काज समेत प्रभावित भएको छ । म्याद नथपिएका कर्मचारीहरुले गत ४ दिनदेखि कार्यालयको अगाडि बिहान १० बजे देखि ५ बजे सम्म शान्तिपुर्ण धर्नामा बस्दै आएका छन् ।

शान्तिपुर्ण धर्ना कार्यक्रमले पुनः काजमा नफर्काए चरणबद्ध रुपमा संघर्षको कार्यक्रमहरु अगाडि बढाउने चेतावनी उनीहरुले दिएका छन् । म्याद थप गर्न गापा अध्यक्ष सन्तोष कुमार महतो र जिल्ला प्रशासन कार्यालय सिरहामा समेत ज्ञापन पत्र बुझाए छन् ।

सम्बन्धित खवर