मधेश प्रदेशका जिल्लाहरुमा अघिल्लो समय हुण्डी कारोबार फस्टाएपनि सरोकारबाला निकायले तदारुकता देखाएको छैन् । सुरक्षा निकायले केही मानिसलाई हुण्डीको रकमसहित पक्राउ गरेको छ । रकम जप्mत गरेको सुनिएपनि पक्राउ परेका मानिसहरुको सजायबारे सुरक्षा निकायले पनि मुख खोलेको छैन् । नगदसहित पक्राउ परेको मानिसहरुको अवस्था सुरक्षा निकायले सार्वजनिक गर्न सकेको छैन् । वर्षभरिमा बरामद गरेको नगद र मानिस पक्रेको संख्या गिन्ती गराएपनि कारबाही बारे चुइ बोलेको छैन् ।

नेपालमा रेमिट्यान्स औपचारिक र अनौपचारिक माध्यमबाट आउछ । अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स हुन्डी हो । हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो ।

दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ । नेपालबाट भारतमा पैसा पठाउन हुन्डीको भारतमा रहेको एजेन्टले नेपालको एजेन्टलाई खबर गर्छ । नेपालको एजेन्टलाई पैसा दिएपछि भारतको एजेन्टले आफ्नो व्यक्तिलाई पैसा उपलब्ध गराउँछ । यसबापत उनीहरूले केही प्रतिशत कमिशन लिने गर्छन् ।

विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानलबाट पठायो भने त्यो रेमिट्यान्समा गनिन्छ भने बैंकिङ च्यानलबाट नभई अन्य दलालहरुमार्फत सिधै पैसा पठाउनुलाई हुन्डी कारोबार भनिन्छ । कार्यथलोमै लिन आउने र घरमै पु¥याइदिने त्यसमाथि धेरै शुल्क पनि नलाग्ने भएपछि हुन्डीमा आकर्षित हुने बढेका हुन् ।

नेपाल राष्ट्र बैंकले डलर सटही सुविधामा कडाई गरेसँगै त्यसको फाइदा हुण्डी कारोबारमा देखिएको छ । राष्ट्र बैंकले नेपालीहरु विदेशमा गएर गर्ने खर्च न्यूनीकरण तथा डलरको संचितिका लागि सहटी सुविधा कटौती गरेको थियो ।

तर, राष्ट्र बैंकले सहटी सुविधामा कटौती गरेसँगै त्यस्ता व्यक्तिहरुले हुण्डीबाट डलर सटही सुविधा लिन थालेको छ ।

यसअघि विदेश भ्रमणमा जाने व्यक्तिलाई २ हजार ५ सय डलर सटही सुविधा दिंइदै आएकोमा घटाएर १ हजार ५ सय डलरमा झारिएको थियो । २५ सय डलरको सुविधा बढाउन माग भइरहेको अवस्थामा घटाउँदा झन बढी हुण्डी कारोबारीलाई फाइदा पुगेको हो ।

हुन्डी रेमिट्यान्स नै भएपनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिंदैन । यसको मतलब हुन्डीले रकम आउने क्रमलाई घटाउँदैन ।

यसले अनाधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ ।

हुन्डी नियन्त्रण हुन नसक्दा अन्य किसिमका अपराध पनि बढेको छ । नेपालबाट ठूलो मात्रामा लागूऔषध विभिन्न देशमा तस्करी हुने गरेको छ ।

सम्बन्धित खवर