जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) मधेश प्रदेश समितिको विस्तारित बैठक शनिबार सम्पन्न भएको छ ।
महोत्तरीको बर्दिबासमा आयोजित विस्तारित बैठकमा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेता कार्यकर्तालाई चुनाव केन्द्रित हुन निर्देशन दिएका छन् ।
जसपा मधेश प्रदेश समितिकोे बिस्तारित बैठकमा संगठनलाई चुनाव केन्द्रित गरेर अघि बढ्नको लागि आग्रह गरे । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि आमूल परिवर्तनका लागि थप संघर्षको आवश्यकता अध्यक्ष यादवले औंल्याए । राजनीतिक लोकतन्त्रको स्थापनाले राजनीतिक परिवर्तन ल्याएको छ, उनले भने–तर आर्थिक र सामाजिक परिवर्तनको लागि अझै संघर्ष गर्नुपर्छ ।
सामाजिक र आर्थिक लोकतन्त्र विना मुलुकको आमूल परिवर्तन सम्भव नरहेको उनले बताए । जसपा मधेश प्रदेश अध्यक्ष रामबाबु कुमार यादवको अध्यक्षतामा भएको विस्तारित बैठकमा अध्यक्ष यादवले मुलधार बाहिर रहेको समुदायलाई मुलधारमा ल्याउन सामाजिक लोकतन्त्र आवश्यक रहेको बताए ।
वर्तमान निर्वाचन प्रणालीले राजनीतिक लोकतन्त्रलाई विकिृत बनाई रहेको उल्लेख गर्दै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपती प्रणाली, पुर्न समानुपातिक संसदीय निर्वाचन र दलविहीन स्थानिय तह आजको आवश्यकता रहेको बताए । केन्द्रीय परिषद् अध्यक्ष अशोक राईले पनि नेता र कार्यकर्तालाई चुनाव केन्द्रीत हुन निर्देशन दिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech