जनकपुरधाम । जानकी मन्दिरका रामरोशन दासविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको छ । सरकारी कागजात कीर्ते गरी नक्कली परिचयपत्र बनाएको आरोप लगाउँदै उनी विरुद्ध उजुरी परेको हो । आपूmलाई आपैmले छोटे महन्थ घोषणा गरेर परिचय पत्र बनाएका छन् । गुठी संस्थानले छोटे महन्थ घोषणा गर्ने कुनै कानुनी प्रावधान नरहेपनि उनी आप्mनो प्रभावको आधारमा छोटे महन्थ लेखिएको परिचय पत्र नै बनाउन लगाएका छन् ।

दासले सरकारी कागजात कीर्ते गरी नक्कली परिचयपत्र बनाएर मन्दिरको श्रीसम्पत्ति हिनामिना गरेको भन्दै उजुरी परेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–२३ बस्ने वैजनाथ चौधरीले गुठी संस्थान प्रधान कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय र गुठी तथा तहशील कार्यालयलाई बोद्धार्थ गरी साउन ४ गते नै निवेदन दिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

उनले भने, ‘सहायक महन्थ दासले सरकारी कागजको रूपमा आफ्नो नाममा मन्दिरको उत्तराधिकारी महन्तको किर्ते परिचयपत्र बनाई गुठी संस्थानको पनि किर्ते छाप लगाएको निवेदनमा आरोप लगाइएको छ ।’

निवेदन आए पनि त्यसमाथि छानबिन कहाँसम्म पुगेको बारे आफूलाई कुनै जानकारी नरहेको सहायक प्रजिअ भण्डारीले बताए ।

यता, सहायक महन्थ दासले जानकी मन्दिरमा डेढ वर्षअघि नै गुठी संस्थानले आफूलाई बोर्डकै बैठकबाट औपचारिक रुपमा उत्तराधिकारी महन्थ नियुक्त गरेको दाबी गरेका छन् । उनले जानकी मन्दिरमा सुरुदेखि नै गुरु शिष्य परम्परा रहेको र सोही आधारमा महन्थ रामतपेश्वर दास वैष्णवले पनि आफूलाई उत्तराधिकारी महन्थ घोषणा गरिसकेको बताए ।

सम्बन्धित खवर