जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मिटरव्याजी विरूद्ध कडा कदम चाल्ने बताएका छन् ।

मिटर व्याजी विरूद्ध संघर्ष समितिको आइतबार ज्ञापन पत्र बुभ्mदै मुख्यमन्त्री राउतले मिटरव्याजीबाट पीडितहरूको पक्षमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै उनीहरू विरूद्ध कडा कदम चाल्ने आश्वासन दिएका हुन् ।

मिटरव्याजी सरकारको लागि ठुलो चुनौती बन्दै गएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले समाजिक विकृतिको रूपमा रहेका मिटरव्याजीलाई कानूनको दायरा भित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

हामी तपाईहरूको समस्या प्रति गम्भीर छौ, उनले भने–प्रहरी प्रशासन प्रदेश मातहत नहुँदा ठोस कदम चाल्न नसकिएको हो । सम्बन्धित ठाउँहरूमा आवाज उठाउदै आएको छु । चाँडै समस्या समाधानको बाटो पहिल्याइन्छ, ढुक्क हुनुस् ।

संघर्ष समितिका संयोजक मनोज कुमार पासमान नेतृत्वमा मुख्यमन्त्री निवास पुगेका पीडितहरूले मिटरव्याजीलाई कारबाही गर, पीडितको जप्mत गरिएको सम्पत्ति फिर्ता गर, मिटरव्याजीको सम्पत्ति छानवीन गर, तमसुक व्यवस्था खारेज गर, सहुलियत दरमा ऋणको व्यवस्था गर, मिटरव्याजीबाट पीडितलाई न्याय देउ र मिटरव्याजीबाट पीडितमाथि गरिएको यौन शोसनको छानवीन गरी दोषिलाई कारबाहीको माग गर्दै मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाएका थिए । मधेश आन्दोलनको जगमा गठन भएको मधेश सरकारको पाँच वर्ष हुनै लागेपनि प्रदेशका शोषित र विभेदमा परेकाले न्याय पाउन नसकेको ज्ञापन पत्रमा उल्लेख छ । प्रदेशका ३६ प्रतिशत मिटरव्याजबाट प्रताडित हुनुपरेको छ । अघिल्लो समय मिटरव्याजबाट पीडितको माग सम्बोधन गर्नुका साटो मन्त्री र जनप्रतिनिधिहरुले पिडकको पक्षमा लागेको ज्ञापनपत्रमा जिकिर गरिएको छ । मिटरव्याजीबाट पीडितको माग सम्बोधन गरेर प्रदेश सरकारले अभिभावकत्व भूमिका निर्वाह गर्न ज्ञापनपत्रमार्पmत आग्रह गरेको छ ।

सम्बन्धित खवर