जनकपुरधाम । धनुषा प्रहरीले मानव वेचविखन तथा ओसार पसार मुद्दाको १२ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रतिवादी महोत्तरी साबिकको गाविस किसाननगर वडा नं. ४ बस्ने विनोद सहनीलाई आइतबार पक्राउ गरेको हो । मानव बेच विखन तथा ओसार पसार मुद्दामा २०६७ साउन १२ गतेदेखि फरार रहेका सहनीसहितको प्रतिवादीलाई खोजतलाश गर्ने क्रममा आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष अनुसन्धान टोलीले जनकपुर उप–महानगरपालिका वडा नं. ४ स्थित भैरवचोकबाट सहनीलाई पक्राउ गरिएको हो ।
सहनीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक कार्वाहीको लागि धनुषा जिल्ला अदालतमा उपस्थिति गराई ५ दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेकोछ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech