काठमाण्डौ । जनता समाजवादी पार्टी(जसपा) नेपालको भागिनी संगठन समाजवादी महिला संघ नेपालको पुनर्गठन गरिएको छ ।
काठमाडौंमा आयोजना गरिएको दुई दिने राष्ट्रिय भेलाले निर्मला यादवको अध्यक्षतामा समाजवादी महिला संघ पुनर्गठन गरिएको हो । यादव यसअघि पनि अध्यक्ष थिइन् ।
उपाध्यक्षमा शशी लिङ्देन, किरण कुमारी साह, चन्द्रकुुमारी कार्की, महासचिवमा भगवती सुुवेदी, उपमहासचिवमा आशा राई, सचिवमा लक्ष्मी चौधरी र कोषाध्यक्षमा दिना लामा छन् । केन्द्रीय समिति ८६ सदस्यीय रहेको छ ।
संघका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा संघकी इन्चार्ज शुशीला श्रेष्ठले सपथग्रहण गराएकी थिइन् । भेलाको उद्घाटन आइतबार पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए ।
पुनर्गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई सोमबार संघीय परिषद् अध्यक्ष अशोक राईले प्रशिक्षणात्मक शुभकामना दिएका थिए ।
कार्यक्रममा केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले पनि प्रशिक्षात्मक शुभकामना दिएका थिए ।
जसमा मधेस प्रदेशकी अर्थ राज्यमन्त्री उषा यादव, पार्टीकी केन्द्रीय सदस्य विनिता यादव लगायतले पनि शुभकामना मन्तव्य राखेकी थिइन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech