जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा आर्थिक वर्ष २०७३।०७४ मा फर्निचर खरिदमा भ्रष्टाचार गरेको आरोपमा जोशीमाथि ४ लाख ४७ हजार ५ सय बिगो मागदावीसहित सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
फर्निचर खरिदमा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि भ्रष्टाचार मुद्दा दायर भएको हो ।
उनी हाल धनुषको बटेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुन् ।
वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको, बिल अनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सीमित हुने गरी सामानहरु खरिद गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा
उनले भ्रष्टाचार गरेको ठहर गरी अख्तियारले मुद्दा दायर गरेको हो ।
जोशी सरुवा भएर त्याहाँबाट गए पश्चात कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा कार्यालयमा फेला नपरेका सामानहरु खरिद नगरी वा हिनामिना गरेको सामानको दाखिला प्रतिवेदन बनाई भुक्तानी लिनेदिने कार्य गरेको, फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिद गरिएकोमा खरिद भएका सामग्रीहरु मध्ये ४ लाख ४७ हजार ५०० बराबरका सामग्रीहरु कार्यालयमा नरहेको अख्तियारले जनाएको छ ।
जोशीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर पुष्टि हुन आएकोले हानिनोक्सानी गरेको बिगो चार लाख ४७ हजार ५ सय बिगो कायम ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र ऐनको दफा ३ (१) (घ) बमोजिम कैद सजायको मागदावी अख्तियार गरेको छ ।
एकवर्ष अघि बटेश्वर गाउँपालिकामा सरुवा भएर आएपछि तत्कालीन गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीलाई प्रभावमा पारेर व्यापक अनियमिता गरेको आरोप छ ।
तत्कालीन बटेश्वर गाउँपालिकाका अध्यक्ष राउत समेत ८ लाख घुस रकम फालेर फरार भएका थिए । अख्तियारमा सेटिंग गरी कार्यालयमा हाजिर भएका क्षेत्री सेटिंगमा अनियमितता गर्नकै लागि प्रशासकीय अधिकृत जोशीलाई सरुवा गराई ल्याएको चर्चा थियो । पालिकाहरुमा व्यापक अनियमितता गरी उनले महोत्तरीको बर्दिबासमा घरघडेरीसहित अकुत सम्पति आर्जन गरको आरोप छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech