बर्दिबास । महोत्तरीमा छुट्टाछुट्टै स्थानमा बोलबम यात्रु बोकेको दुई वटा ट्याक्टर सोमबार दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
सोमबार दिउँसो महोत्तरीको बर्दिबास नगरपालिका ५ ढुङ्ग्रेस्थित बोलबम यात्रुहरु बोकेको ज १ त ६१३५ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाका १२ जना घाइते भएका छन् भने बर्दिवास ३ पाटु स्थित ना ३ त २०१७ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आउँदै गरेको ज ११ प ७९१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा ५ जना घाइते भएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने ट्याक्टर चालकद्वय फरार भएकाले उनीहरुको खोजतलास भइरहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech