बर्दिबास । महोत्तरीको बर्दिबासमा सोमबार आगलागी हुँदा करिब एक करोडको मालसामान जलेर नष्ट भएको छ । महमद फारूखको तीन तल्ले घरमा आगलागी हुँदा विभिन्न सामग्रीहरु जलेर नष्ट भएको हो ।

बर्दिबास नगरपालिका–२ बजारस्थित आगलागी भएको भवनमा सिद्धार्थ बैंक समेत संचालनमा छ । आगलागी भने भवनको तेस्रो तल्लामा भएको थियो ।

घरको तेस्रो तल्लामा अभिषेक झाले सञ्चालन गर्दै आएको ३६५ फिटनेश जिम क्लवमा आगलाजी भएको थियो । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार दमकल र सुरक्षानिकायको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

आगो नियन्त्रणमा लिन दुई वटा दमकल प्रयोग भएको थियो । प्रहरी नायब उपरीक्षक रावलका अनुसार आगो जिमको ट्रेडमिलबाट सल्किएको हो ।

‘ट्रेडमिलमा इलेक्ट्रिक सर्ट भएर आगो सल्किएको रहेछ,’ उनले भने ।

जिममा भएका सामान जलेर ९० लाख बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक रावलले बताए ।

सम्बन्धित खवर