मधेश प्रदेशमा अघिल्लो समय अपराधिक क्रियाकलाप ह्वात्तै बढेको छ । हत्या, अपहरण, बलात्कार, लागूऔषध र हुण्डी कारोबार बढेर गएको छ । प्रदेश सरकारले प्रहरी प्रशासन प्रदेश मातहत दिनुपर्ने माग गरिरहदा अपराधिक क्रियाकलाप बढेको हो । तीन तहको सरकार गठन भएपनि सुरक्षा निकाय भने अभैm संघीय सरकार मातहतमा छ । संघीय सरकारको नीति अनुसार नै सुरक्षानिकायले प्रदेशको सुरक्षामा खटिएको हो । सीमासित टाँसिएको मधेश प्रदेशको अधिकांश जिल्लामा अघिल्लो समय अपराधिक क्रियाकलाप बढेको हो । सर्लाहीमा एक युवकको वीभत्स हत्या गरिएको छ । हत्याको कारण अभैm खुल्न सकेको छैन् । घरपरिवारले छोरा छिमेकी राष्ट्र भारततिर लागेको अनुमान गरिरहदा युवकलाई वीभत्स हत्या गरेर शौचालयको टंयाकी बनाउन खनिएको खाल्डोमा फालेको थियो । उनको हत्याको कारण अभैm खुल्न सकेको छैन् । तर, जुन तरिकाले हत्या गरिएको हो, यसले सुरक्षानिकायउपर प्रश्न खडा गरेको छ । यसरी वीभत्स तरिकाले हत्या गरेर फालिएपनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन् । प्रदेशमा बलात्कारको घटना पनि उत्तिकै बढेको छ । गत महिना मात्रै बालक अपहरणको घटना भएको थियो । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेशमा लागूऔषधको कारोबार पनि उत्तिकै बढेको हो । दिनैपिच्छे लागूऔषधसहित पक्राउ परेको युवाहरुले पनि प्रदेशमा सुरक्षा व्यवस्थाको पोल खोलेको छ । लागूऔषधको कारोबारमा लागेका युवकहरुलाई थोरै पनि सुरक्षानिकाय, कानूनको डर देखिएको छैन् । सीमापारीबाट प्रतिबन्धित लागू औषध लिएर नेपाल आउने गरेका छन् । यस्तो लागूऔषधले पनि अपराधिक क्रियाकलाप बढाएको छ । अपराधिक क्रियाकलाप बढ्दै गएपनि कुनै निकायको ध्यान यसतर्पm गएको छैन् । प्रदेश सरकारले आप्mनो मातहत सुरक्षा निकाय नरहेको भन्दै असमर्थतता देखाउँदै आएको छ । स्थानीय तहलाई सुरक्षानिकायसित सरोकार नै छैन् । संघीय सरकारले प्रदेशको सुरक्षाअवस्था सुदृढ पार्न ध्यान दिएको छैन् । यस्तो बेबारिसे अवस्थामा रहेको मधेश प्रदेशका जनताको जीउधनको सुरक्षाको ग्यारेन्टी कसले लिने ? राज्यले एकअर्काप्रति आरोपप्रत्यारोप लगाउँदै जिम्मेबारीबाट पन्छिदै आएको छ । प्रहरीले गरेको कामकाजबारे प्रदेश सरकारलाई अवगत समेत गराउँदैन् । प्रदेश सरकारले प्रहरी प्रशासन मातहत ल्याउन पटक पटक गरेको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन् ।

सम्बन्धित खवर