जनकपुरधाम । महोत्तरी प्रहरीले चोरीको चार मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. ७ हनुमान चौक बस्ने श्रीनारायण यादवको छोराद्वय २३ वर्षीय रामएकवाल यादव र २१ वर्षीय रामलक्ष्मण यादव तथा भंगहा नगरपालिका वडा नं. ४ बस्ने नरेश रामको २२ वर्षीय छोरा सुनिल कुमार राम रहेका छन् । रामएकवालको घरबाट चोरीको चार वटा मोटरसाइकल समेत बरामद गरेको हो ।

साउन १५ गते राती महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. १४ स्थित सेञ्चुरी बैंक अगाडीबाट ज. ७ प. ४५८६ नंम्बरको चेचिस नम्बर ME4JC36NLE7147683 ईन्जिन नम्बर JC36E73777291भएको होण्डाको १२५ सि.सि. को साईन मोटरसाईकल चोरी भएपछि खोजतलास गर्ने क्रममा बर्दिबास–७ स्थित राम एकवाल यादवको घरबाट ज. ७ प. ४५८६ नम्बर, ON TEST निलो रंगको १६० सि.सि को अपाचे, च्यासिस नम्बर MD2A11CYXJCS24428 ईन्जिन नम्बर DHYCJH16625 भएको ज. १२ प. ८४८६ र च्यासिस नम्बर MD2A11CY7KPB15679 ईन्जिन नम्बर DHYRKB71293 भएको प्र.२–०१–००२ प ५५२९ नम्बर १५० सी.सी. को पल्सर गरी ४ वटा मोटरसाइकल फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मोटरसाइकलसहित उनीहरुलाई घरबाटै पक्राउ गरी मंगलबार महोत्तरी जिल्ला अदालतवाट ८ दिन म्याद थप गराई ईलाका प्रहरी कार्यालय बर्दिबासबाट अनुसन्धान कार्य अघि बढाएको छ ।

सम्बन्धित खवर