काठमाण्डौ । पछिल्ला दिनयता सयौँको सङ्ख्यामा सङ्क्रमित थपिएसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या पाँच हजार १४४ पुगेको छ ।

मंगलबार पाँच हजार ४१५ नमूनाको परीक्षण गर्दा ८१४ संक्रमित फेला परेका छन् । दुई हजार ७६२ नमूनाको आरटी पिसिआर परीक्षण गर्दा ५०९ र दुई हजार ६५३ नमूनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये होम आइसोलेनमा चार हजार ९८५, संस्थागत आइसोलेनसमा १५९, आइसियुमा ३८ र भेन्टिलेटरमा पाँच जनाको उपचार भइरहेको छ । हालसम्म नेपालमा नौ लाख ७३७ मा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नौ लाख ७० हजार ६२५ संक्रमणमुक्त भएका छन् भने ११ हजार ९६८ को मृत्यु भएको छ ।

मंगलबार २९९ कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार ११ हजार ५१३ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म दुई करोड १५ लाख ६३ हजार ६५३ ले खोपको पहिलो मात्रा, दुई करोड पाँच लाख ९२ हजार ४१६ ले खोपको पूर्ण मात्रा र ७२ लाख ७८ हजार ५५७ ले अतिरिक्त मात्रा लगाएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर