राजविराज । कोशी नदीमा पानीको सतह बढेपछि सप्तरीको तटबन्ध छेउका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सप्तरीका प्रहरी प्रमुख अभिनारायण काफ्लेले पानीको अत्यधिक चाप रहेकोले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र मध्यकोसीमा रहेको वडा नम्बर १३ गोबरगाढामा ‘हाई अलर्ट’ गरिएको जानकारी दिए ।

सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको छ ।

मंगलबार बिहान ११ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेको छ । कोसी ब्यारेजका ३२ वटा ढोका खोलिएको छ ।

सम्बन्धित खवर