नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको माथिल्लो सूचीमै पर्छ । भ्रष्टाचार मुलुकको विकासको एक प्रमुख बाधकका रुपमा रहँदै आएको छ । भ्रष्टाचार नियन्त्रण हुन्थ्यो भने सम्भवतः मुलुकको तस्बिर नै बेग्लै हुन्थ्यो । भ्रष्टाचारका कारण मुहार फेरिन नसकेका मुलुकहरु संसारमा निकै छन् । भ्रष्टाचारले मुलुकलाई धमिराले झंै भित्रभित्रै खोक्रो बनाउँछ । नेपालको स्थिति आज त्यस्तै छ । सबै क्षेत्र यसको चपेटामा परेको छ । कर्मचारीहरुले दिनदहाडै घुस लिएर समातिदै छ । कमिशन बिना सियो खरिद गर्न पनि कार्यालय प्रमुखहरु तयार देखिदैनन् । स्थानीय तहले भ्रष्टाचारलाई झन संस्थागत गरेको हो । स्थानीय तहका हाकिमहरु बिना कमिशन कुनै काम गरेको पाइदैन् । हेर्दाहेर्दै कयौ हाकिम रातारात शहरमा आलिशान महल ठडयाउन भ्याएका छन् ।

हाम्रो सन्दर्भमा भ्रष्टाचार डरलाग्दो संक्रामक रोगका रुपमा रहेको छ । यो एकपछि अर्को पिढीमा हस्तान्तरित हुँदैछ । भ्रष्टाचार भन्दा आर्थिक कुरा जस्तो मात्र बुझिन्छ तर यसको आयाम फराकिलो छ । भ्रष्टाचारका अनेक रुप र क्षेत्रहरु छन् । आर्थिक क्षेत्र एक महत्वपूर्ण पक्ष मात्र हो । नेपाललाई हेर्दा माथिदेखि तलैसम्म भ्रष्टाचार संस्थागत भएको हो कि जस्तो देखिन्छ । भ्रष्टाचार मूलतः नैतिक मूल्यसँग जोडिएको विषय भएकोले यसलाई यस रुपमा प्रस्तुत गर्ने गरेको पाइन्छ ।

मुलुकमा लोकतन्त्रको पुनस्र्थापनापछि भ्रष्टाचारमा कमी आउनेछ भन्नेमा धेरैको विश्वास थियो । यो विश्वास स्वाभाविक पनि थियो । निरङ्कुशताका विरुद्धको लामो संघर्षपछि लोकतन्त्रको पुनस्र्थापना भएको थियो । तर यसो हुन सकेन । भ्रष्टाचार मौलाउन शुरु ग¥यो । सुशासन धेरै गफको विषय मात्र बनेको छ । भ्रष्टाचारका कतिपय काण्डहरु निरङ्कुश शासनको बेलालाई पनि बिर्साउने गरी भएको छ । कैयौंले यस्तो स्थिति देख्नुपर्ला भनेर सोचेकासम्म थिएनन् । हेर्दाहेर्दै कैयौं गरिब नेताको जीवनमा जिब्रो टोक्नुपर्ने आर्थिक परिवर्तन आएको छ । तिनको वर्ग र जीवनशैली बदलिएको छ ।

नेता, शासक, नोकरशाह, व्यापारी, उद्योगपति आदि भ्रष्टाचार र यसको संस्थागत विकासको मुख्य कारकका रुपमा रहिआएका छन् । सबैलाई एउटै डालोमा हालेर हेर्न उचित नभए पनि भ्रष्टाचार राजनीतिक तहबाटै संरक्षित बन्न पुगेको छ र अन्यहरु यसका सहयोगी छन् ।

सम्बन्धित खवर