जनकपुरधाम । चुरे संरक्षणको माग गर्दै रिले अनसन गर्दै आएको चुरे तथा वन जंगल संरक्षण अभियानको मागप्रति प्रदेश सरकार उदासिन देखिएको छ । गएको १५ दिनदेखि तीन बुँदे मांग राखेर जनकपुरधामको जनक चौकमा रिले अनशनमा अभियानीहरुको माग सम्बोधन गर्न प्रदेश सरकारले चासो लिएको छैन् । विगतमा प्रदेश सरकारले गरेको सहमति पूरा गर्नुपर्ने माग अभियानीहरुको छ । आप्mनै सहमति पूरा गर्ने मागप्रति प्रदेश सरकारले चासो नलिदा अभियानीहरुको रिले अनसन लम्बिएको हो ।
विगतमा आफ्नो मांगहरु पूरा गर्न जनकपुरधाममा लालटेन जुलुश, झाडु जुलुस, मुख्यमन्त्री कार्यालय अगाडि सुतेर प्रदर्शन, आमरण अनसन लगायतका कार्यक्रमहरु गरेता पनि सरकारले आफूहरुको मांग प्रति कुनै चासो नलिएको भन्दै अभियानका संयोजक सुनिल यादवले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
आन्दोलनका थप कार्यक्रम अन्तर्गत सुकुम्बासीहरुले साउन २० गते शुक्रवार चुडी आन्दोलन गर्ने भएका छन । पटक पटक आन्दोलन गरेपनि मन्त्रालयबाट मन्त्रीहरु बाहिर नआएको भन्दै मन्त्रीहरुलाई चुडी, साडी, ब्लाउज र पेटिकोेट प्रदान गर्ने र सो लगाएर मन्त्रालय भित्रै वस्न आग्रह गर्ने आशयका साथ चुडी आन्दोलनको घोषणा गरिएको संयोजक यादवले वताए ।
त्यसैगरि साउन २२ गते बच्चा आन्दोलनको घोषणा गरेको छ । भुमिहीन सुकुम्वासीहरु घर विहीन रहेको र उनको बालवच्चाको भविष्य अन्धकारमा रहेको सरकारले वुझेपनि अबुझ बनेकाले मुख्यमन्त्री कार्यालय अगाडी बच्चाहरुलाई राखेर प्रर्दशन गर्ने संयोजक यादवले वताए । यी दुबै दिनको बिरोध आन्दोलन पश्चात पनि सरकारले कुनै चासो नदेखाए मधेश आन्दोलन भन्दा ठुलो र अन्तिम आन्दोलन हुने चेतावनी समेत संंयोजक यादवले दिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech