जनकपुरधाम । तरकारीको बोरामा लागूऔषधको कारोबार भइरहेको तथ्य बाहिरिएको छ । मधेश प्रदेशका युवाहरुले काठमाडौंमा तरकारीको बोरामा लुकाएर लागू औषधको कारोबार गर्दै आएको तथ्य बाहिरिएको हो ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल प्रतिबन्धित लागू औषध डाइलेक्स डीसीसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने तीनै जना मधेश प्रदेशका छन् ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–६ का २१ वर्षका सन्तोष भन्ने विपिन कुशवाह, प्रदेश २ –०३–००१ च २५०९ नम्बरको गाडी चालक रौतहटको गरुडा नगरपालिका–९ का २५ वर्षका सुभाष राय यादव र गरुडा नगरपालिका–८ का १९ वर्षका मोहम्मद असफाक आलम रहेका छन् ।
उनीहरुलाई काठमाडांैंको जडिबुटीबाट पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकास राज खनालले जानकारी दिए । अघिल्लो समय मधेश प्रदेशमा लागूऔषधको कारोबार ह्वातै बढेको छ । दिनैपिच्छे लागूऔषधसहित मानिस पक्राउ परेको छ । खुला सीमाको फाइदा उठाउँदै भारतीय बजारबाट लागूऔषध नेपाल ल्याएर महगोमा विक्रि गर्दै आएको छ । नेपालबाट लागूऔषध गाँजा भारत र औषधि नेपाल ल्याउने गरिएको छ । मधेश प्रदेशका युवाहरुले काठमाण्डौसम्म लागूऔषध पुर्याउने गरेका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech