वीरगंज । मुख्यमन्त्री लालबाबु राउतले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत बिहीबार सडकको शिलान्यास गरेका छन् ।

मुख्यमन्त्री राउतको निर्वाचन क्षेत्रपर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १ (ख) मा एक कार्यक्रमका बीच सडकको शिलान्यास गरेका हुन् ।

वीरगंज महानगरपालिका वडा नं. १६ नगवादेखि ५ कि.मि. लामो सडक निर्माण हुन लागेको हो ।

शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य भिमा यादव, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला समन्वय समिति प्रमुख अजय सर्राफ, जिसस पर्साका पूर्व सभापति नेकमहमद अन्सारी, वडा अध्यक्ष पर्शुराम चौरसिया, प्रा. बिजय यादवसहित स्थानीय नागरिक, प्रहरी प्रशासन, पत्रकार एवं जनता समाजवादी पार्टी(जसपा) नेपाल निकट युवा विद्यार्थीको सहभागिता रहेको छ ।

सम्बन्धित खवर