जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित छाँया केदार ब्याडमिन्टन खेलकुद क्लबको दोश्रो साधारण सभा सम्पन्न भएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–७ कुचाई टोलस्थित निर्माणाधीन कबर्ड हल प्राङ्गनमा क्लबका अध्यक्ष विरेन्द्र प्रसाद जयसवालको अध्यक्षता र क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा क्लबका सदस्य भरत यादवले क्लबको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख यादवले खेलकूद विना समाज अनुशासित हुन नसक्ने जिकिर गरे ।

राष्ट्रियको लागि खेलकूद र स्वास्थ्यको लागि खेलकूद नारा सार्थक बनाएर अघि बढनुपर्नेमा उनले जोड दिए । क्षीरेश्वरनाथ नगरपालिका र आप्mनो व्यक्तिगत तर्फबाट पनि खेलकुदको क्षेत्रमा काम गर्ने क्लबहरुलाई सहयोग गर्ने प्रतिवद्धता उनले जाहेर गरे ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले ज्येष्ठ नागरिक मिलन केन्द्रको लागी पुनः जग्गा दान गर्ने शम्भु घिमिरेलाई धन्यवाद दिँदै समाजको लागी राम्रो काम गर्ने क्लबहरुलाई सहयोग रह्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिका–७ का वडाध्यक्ष मुवारक कवारी, वडा ९ का अवध किशोर यादव, समाजसेवी ईश्वरी अधिकारी, क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव, उपाध्यक्ष विनय साह, महासचिव दिपक साह, दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमिका प्र.अ. जगदिश प्रसाद सिंह, गंगोत्री बोर्डिङ्ग स्कुलका प्रअ गणेश साह, नेकपा एमालेका नेता राजु गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गर्दै दोस्रो कार्यकालको लागी पुरानै कार्यसमितिलाई निरन्तरता दिएको क्लबका कोषाध्यक्ष बैकुण्ठ प्रसाद काप्mलेले जानकारी दिए ।

सम्बन्धित खवर