जनकपुरधाम । आमनिर्वाचनको तिथि घोषणा भएसँगै आकांक्षीहरुले सामाजिक संजालमार्पmत उम्मेदवार हुने इच्छा जाहेर गर्न थालेका छन् । गठबन्धनको वाँडफाँटमा प्रदेशसभा सिट आप्mनो पार्टीले पाउने सम्भावनाको मध्यनजर गरेर आकांक्षी नेताहरुले उम्मेदवार हुने इच्छा सामाजिक संजालमार्पmत सार्वजनिक गर्न लागेका हुन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा जनता समाजवाद पार्टी(जसपा) नेपालका नेताहरु आकांक्षा प्रकट गर्न अन्य अगाडि देखिएका छन् । निर्वाचन क्षेत्र नम्बर ४ को क गठबन्धनको वाँडफाँटमा पनि जसपाले पाउने करिब पक्का रहेकोले नेताहरु खुल्न थालेको एक जना केन्द्रीय सदस्यले बताए ।

२०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीका उम्मेदवारले प्रदेश क मा जित हात पारेको थियो । जितेको क्षेत्र सम्बन्धित दललाई नै दिने गरी गठबन्धनमा तालमेल हुने छाँट रहेको छ । क्षेत्र नं. ४ को क बाट जसपाका मधेश प्रदेश समिति उपाध्यक्ष शेषनारायण यादवले उम्मेदवार हुने इच्छा सामाजिक संजालमार्पmत सार्वजनिक गरेका हुन् । २०७४ सालको निर्वाचनमा उनी समानुपातिकतर्पm बन्दसूचीमा थिए । यसपालीको निर्वाचनमा प्रत्यक्षतर्पm उम्मेदवारको आकांक्षी नेता यादव हुन् । उनले क्षेत्रका जनतामाझ रहेर राजनीति अघि बढाइरहेका छन् । उनले उम्मेदवारको लागि आफु पनि योग्य रहेको सामाजिक संजालमार्पmत प्रष्ट पारेका हुन् । गत निर्वाचनमा जसपाका उम्मेदवारले जित हासिल गरेकोले गठबन्धन भए पुनः ती क्षेत्र जसपाकै पोल्टामा आउन सक्ने अनुमान गरिएको छ ।

यता निर्वाचन क्षेत्र नं. ३ को ख बाट पनि जसपाका नेताहरु आकांक्षी देखिएका छन् । क्षेत्र नं. ३ को ख प्रदेशसभा सिट गठबन्धनको तर्पmबाट जसपाले पाउने सम्भावना देखेपछि नेताहरुले सामाजिक संजालमार्पmत उम्मेदवार हुने इच्छा जाहेर गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह, जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका नेता अम्भु प्रसाद साहले पनि प्रदेशमा उम्मेदवार हुन इच्छुक देखिएका छन् । आकांक्षी नेताहरुले सामाजिक संजालमार्पmत आप्mनो इच्छा जाहेर गरेका छन् । प्रतिनिधिसभा क्षेत्रमा नेता बिमलेन्द्र निधि र प्रदेशसभा क क्षेत्र पनि नेपाली कांग्रेसले नै पाउने सम्भावना छ । प्रदेशसभा ख मा गठबन्धनमा आवद्ध अन्य दल प्रतिस्पर्धामा नदेखेपछि जसपाका नेताहरु उम्मेदवारका आकांक्षी देखिएका हुन् । प्रदेशसभा ख बाट नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका थिए । प्रदेशसभा ख बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का परमेश्वर साह निर्वाचित भएका थिए ।

पपाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिने निर्णय भएपछि नेताहरु आ आप्mनो क्षेत्र खोजी गर्न थालेका हुन् । आउँदो मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुन लागेको छ ।

सम्बन्धित खवर