जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टीस्थित प्राविधिक विद्यालय निर्माण हुने भएको छ । शिक्षा राज्यमन्त्री बोधमाया यादव र प्रदेश सांसद रामअशिष यादवले शुक्रबार संयुक्त रुपमा प्राविधिक विद्यालय भवनको शिलान्यास गरेका छन् ।

प्राविधिक विद्यालयको शिलान्यास गर्दै शिक्षा राज्यमन्त्री यादवले समृद्धिको मुख्य आधार शिक्षा रहेको कुरा बताइन् ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद यादवले समृद्धिको मुल मन्त्र शिक्षा रहेकोले शिक्षा सुधार अभियान अन्तर्गत विद्यालय भवनको निर्माण गर्न लागिएको बताए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ कनकपटी स्थित श्री सरस्वती माध्यमिक विद्यालयको सरस्वती बजार समिपको जग्गामा ३६ लाख रुपैयाँको लागतमा प्राविधिक विद्यालय भवन निर्माण हुन लागेको छ ।

प्रदेश सांसद यादवको पहलमा प्राविधिक विद्यालय संचालनका लागि ल्याब भवनको निर्माण भैसकेको र चाडैं नै सिटिभीटीसंग सम्बन्धन गराई कृषि प्राविधिक कक्षा संचालन गर्ने कृषि विज्ञ बिष्णुदेव यादवले जानकारी दिए । कार्यक्रममा सिटिभीटीका निर्देशक बसन्त यादव, जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ का वडा अध्यक्ष रामवृक्ष यादव, शिक्षा सुधार अभियान दूत समेत रहेका जनकपुरधाम उधोग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह, कृषि विज्ञ बिष्णुदेव यादव, शिक्षक अरविन्द यादव सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

 

सम्बन्धित खवर