जनकपुरधाम । प्रदेश सभा सदस्य परमेश्वर साहले शुक्रबार जनकपुरधामको जनकचोकस्थित पुर्ननिर्मित नगर डिहवार मन्दिरको उद्घाटन गरेका छन् । शुक्रबार बिहान आयोजित एक कार्यक्रमका बीच लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता साहले पुर्ननिर्मित नगर डिहवार मन्दिरको उद्घाटन गरेका हुन् ।

जनक युवा क्लवले आयोजना गरेको नगर डिहवार मन्दिर रामपट्टीको जीर्णोद्धार तथा पुर्ननिर्मित मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य साहले विकास निर्माण कार्यलाई प्राथमिकतामा राखेर अघि बढेको बताए । जनकपुरधामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आप्mनो तर्पmबाट हरसम्भव सहयोग गर्न तयार रहेको उनले बताए ।

साहको संसदीय विकास कोष र जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त लगानीमा नगर डिहबार मन्दिर रामपट्टीको जिर्णोद्धार तथा पुर्ननिर्माण गरिएको छ ।

सो अवसरम
ा जसपाका प्रदेशसभा सदस्य रामअशिष यादव, वडाध्यक्ष लगायत क्लवका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा श्रीराम युवा कमिटीका नवनिर्वाचित पदाधिकारीहरुलाई जनक युवा क्लवले स्वागत तथा सम्मान गरेका थिए ।

सम्बन्धित खवर