जनकपुरधाम । धनुषामा लैङ्गिक संवेदनशिल शिक्षण तथा लैङ्गिक प्रारम्भिक समाजिकीकरण सम्बन्धि दुई दिने तालिम शुक्रबार सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालद्वारा “बदलिंदो वातावरणमा बालिका र युवा महिलाहरुलाई हुर्किनको साथै परिस्थितिलाई आत्मसात् गरि पूर्णरुपमा तयार तथा सुसज्जित बनाउन” सिकाई [Learn] परियोजना अन्तर्गत विदेह नगरपालिका र जनकनन्दिनी ग ाउँपालिकामा दुई दिने तालिम गरिएको हो ।
यो परियोजना जनकनन्दिनी गाउँपालिकाको ७ वटा विद्यालय र विदेह नगरपालिकाको ८ वटा विद्यालयमा संचालन भइरहेको छ ।
विदेह नगरपालिकाको गिद्धाबेलापट्टी माविमा आयोजित समापन कार्यक्रममा सहभागीहरुले तालिमको सिकाईलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए ।
जनकनन्दिनी गाउँपालिकाका उपाध्यक्ष कमला सहगलले तालिमको सिकाई उपलब्धी व्यवहारमा ल्याउनुपर्नेमा जोड दिइन् । तालिमको सिकाई उपलब्धी व्यवहारमा ल्याए मात्र तालिम सार्थक हुने तर्क उनले गरिन् ।
गिद्धाबेलापट्टी माविका प्रअ पवन कुमार मण्डलको अध्यक्षतामा भएको समापन कार्यक्रममा जनकनन्दिनी गाउँपालिकाको शिक्षा अधिकृत ऋषिकेश यादव, विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीब कुमार साह, पालिकाका शिक्षाप्रेमी भरत कुमार यादव लगायतले आ आप्mनो धारणा राखेका थिए । सो अवसरमा प्लान इन्टरनेशलन नेपालका कार्यक्रम प्रबन्धक मन्दिरा न्यौपाने, मधेश प्रदेशका कार्यक्रम प्रमुख रविशंकर पंडित, कार्यक्रम अधिकृत काजल झा लगायतले शिक्षा क्षेत्रमा सुधारको लागि अपनाइएको नीतिबारे प्रकाश पारेका थिए ।
लैङ्गिक, शिक्षामा लैङ्गिक सवाल र मुख्य लैङ्गिक सवालहरुमा साझा बुझाईको विकास गर्ने, लैङ्गिक उत्तरदायी शिक्षण सिकाईका विधि र प्रक्रियाहरु सम्बन्धि ज्ञान र सीपको वुद्धि गर्ने, विद्यालयमा पाठ्यक्रम, अतिरिक्त क्रियाकलाप र शैक्षिक सामाग्रीहरुको प्रयोगबाट लैङ्गिक रुपान्तरण तथा प्रारम्भिक सामाजिकीकरणका (विधि र प्रक्रिया) सिकाईहरु लागू गर्न सहयोग गर्ने उद्येश्यले आयोजना गरिएको तालिममा विदेह नगरपालिका र जनकनन्दिनी गाउँपालिकाका २५ जनाको सहभागीता रहेको थियो । तालिममा अच्युत कुमार दाहालले सहजीकरण गरेको आसमान नेपालका कार्यक्रम संयोजक संजीव कुमार साहले बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech