जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन धनुषाले लक्ष्मीनियाँ गाउँपालिका समिति गठन गरेको छ ।
जिल्ला अध्यक्ष सुनिलकुमार मण्डलको अध्यक्षता तथा जसपा नेपालका गाउँपालिका अध्यक्ष लालबाबु यादवको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भेलाले ललित यादवको अध्यक्षतामा १७ सदस्यीय विद्यार्थी युनियन गठन गरिएको हो । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–६ स्थित लक्ष्मीनियाँ माईस्थान मन्दिरको प्राङ्गणमा सम्पन्न भेलाले गाउँपालिकाका क्याम्पसका विद्यार्थीहरुको भेलाबाट गठन गरिएको समितिका उपाध्यक्षमा स्वजीवन यादव, सचिवमा दिपेन्द्र दास, सहसचिवमा मिथलेश मण्डल, कोषाध्यक्षमा श्याम राउत तथा सदस्यहरुमा चन्द्रमोहन यादव, सन्तोष यादव, अमित कु. मण्डल, रवि यादव, बैजु यादव, अशोक यादव, विमल यादव, राकेश महतो, रवित यादव, रचित कुमार मण्डल, विनय कुमार दास, अमितकुमार मण्डल रहेका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech