जनकपुरधाम । चुरे संरक्षणको लागि आन्दोलित चुरे वनजंगल संरक्षण अभियन्ताहरुले शुक्रबार साडी, चुरा, लहठी प्रदर्शन गरेका छन् । उनीहरुले जनकपुरको जनकचोकबाट प्रदर्शन गर्दै मधेश भवन पुगेका थिए ।
जनकचोकमा १७ दिनदेखि रिले अनसन बस्दै आएका आन्दोलनकारीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।
उनीहरुले मधेश सरकारलाई साडी, चुरा र लहठी दिने भन्दै प्रदर्शन गरेका हुन् ।
सुरक्षाकर्मीले रोकेपछि अभियानीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोटलगायतका सामग्रीहरु फ्यालेर सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।
चुरे वन संरक्षण हुनुपर्ने, सिरहाको मिर्चैयामा रहेको मारुती सिमेन्टले लिएको वनक्षेत्रको जग्गा फिर्ता हुनुपर्ने, विगतमा मधेश सरकारले गरेको सम्झौता पूरा हुनुपर्ने, सुकुम्बासीको नाउँमा गैर सुकुम्वासीलाई चुरे क्षेत्रको जग्गा दिने काम रोकिनुपर्ने, चुरे संरक्षणको नाउँमा हुने गरेको अनियमितताको छानविन तथा दोषीमाथि कारबाही हुनुपर्ने लगायत विभिन्न ५ बुँदे माग राख्दै आन्दोलन गर्दै आएका छन् । चुरे संरक्षण तथा वास्तविक भूमिहीनको समस्या समाधानको माग गर्दै जनकपुरधामको जनक चौकमा अनशनमा बस्दै आएका भूमिहीनहरूले मागको सम्बोधन नभएको भन्दै मधेश प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।
सुरक्षाकर्मीले रोकेपछि सडकमै सारी, चुरा, लहठी र पेटिकोट लगायतका सामग्रीहरु फ्यालेर साङ्केतिक विरोध प्रदर्शन गरिएको अभियानका संयोजक सुनिल कुमार यादवले बताए ।
एक वर्षदेखि आन्दोलनमा रहेका आपूmहरुको मागप्रति सरकार गंभिर नरहेको आरोप संयोजक यादवले लगाए । यसअघि झाडु जुलुश, लालटेन जुलुश गरेका थिए । चरणवद्ध आन्दोलन गर्दै आएका उनीहरुको माग पूरा नभएपछि जनकचोकमा रिले अनसन बस्दै आएका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech