अर्जेन्टिना विश्वकपका लागि सहज समूहमा छ । उसको अहिलेको फर्म र टिमलाई हेर्ने हो भने समूह सी अर्जेन्टिनाका लागि सहज समूह हो । अर्जेन्टिना रहेको समूहमा साउदी अरेविया, मेक्सिको र पोल्यान्ड छन् । यो समूहमा तीन खेल खेल्दै शीर्ष दुई टोलीले अघिल्लो चरण पार गर्नेछन् ।

त्यसमा अर्जेन्टिना बलियो छ । त्यसपछि अर्जेन्टिनालाई अन्तिम १६ मा कस्तो प्रतिद्वन्द्वी पर्ने भन्ने कुरामा अघिल्लो चरणले निर्क्योल गर्नेछ । अहिलेको अर्जेन्टिनाको टिममा मार्टिनेज, जोकुइन कोरेरा, एन्जल डी मारिया, पाओलो डीबाला, डी पाओल, फ्रान्को अर्मानी, मार्टिनेज, लिसान्ड्रो मार्टिनेज जस्ता खेलाडी छन् ।

यो टिमले अर्जेन्टिनालाई बलियो दावेदारीको रुपमा प्रस्तुत गर्ने कुरामा दुई मत छैन । तर खेल न हो, यसै भन्न सकिन्न ।

सम्बन्धित खवर