जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा एक किशोरी बलात्कारको घटना सार्वजनिक भएको छ । शहीदनगर नगरपालिका–३ स्थिन नेपाल विद्युत प्राधिकरण यदुकोहा शाखा अगाडि रहेको होटल रोयल पैmमिलि रेस्टुरेन्टमा बिहीबार राति एक युवकले किशोरीलाई बलात्कार गरेको तथ्य सार्वजनिक भएको हो ।
बलात्कारमा संलग्न स्थानीय २२ वर्षीय युवा विरुद्ध इलाका प्रहरी कार्यालय यदुकोहामा शुक्रबार जाहेरी दर्ता गरिएको छ ।
किशोरीकी अभिभावकले स्थानीय युवा विरुद्ध जर्बजस्तीकरणीको जाहेरी दर्ता गराएको इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक हरिविष्णु ढकालले बताए ।
ढकालका अनुसार आरोपित युवाको खोजतलाश भइरहेको छ । घटनाका आरोपितलाई खोजतलाश कार्य तीव्र रुपमा भइरहेको उनले बताए ।
पीडित किशोरीकी अभिभावकले जर्बजस्तीकरणी सम्बन्धी जाहेरी दर्ता गराएको छ, प्रहरी निरीक्षक ढकालले भने–जाहेरी दर्ता भइसकेपछि आरोपितको खोजी कार्य अघि बढाएको छ ।
बिहीबार राति युवाले स्थानीय १४ वर्षीया किशोरीलाई उठाएर विद्युत प्राधिकरण अगाडि रहेको रोयर पैmमिली रेस्टुरेन्टमा लगेर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउन शहीदनगर पालिकाका मेयर दिनेश कुमार यादवले आग्रह गरे । घटनामा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ, मेयर यादवले भने–जघन्य अपराध गरेर उम्किन पाउँदैन् । पीडितले न्याय पाउनुपर्छ, मेयर यादवले भने– पीडितले न्याय पाउनुपर्छ । यस प्रकारको गल्ती कुनै हालतमा स्वीकार्य नरहेको बताउँदै उनले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउन माग समेत गरे ।
यस प्रकारको गल्ती अक्षम्य रहेकोले दोषिलाई कारबाही हुनुपर्छ, मेयर यादवले भने–समाजले यस प्रकारको गल्ती कतै स्वीकार गर्दैन् ।
उनले आ आप्mनो सन्तानको हेरचाह गर्न अभिभावकहरुमा आग्रह समेत गरे । घरबाट आएको÷गएको सम्पूर्ण विवरण अभिभावकले राख्दा सन्तानले गल्ती गर्ने सम्भावना घटेर जाने तर्क उनले गरे ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech