जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपाल, जनकपुरधाम नगर समिति अध्यक्ष विष्णुदेव साहले धनुषा निर्वाचन क्षेत्र नं. ३ (ख) को टिकट आपूmले पाउनुपर्ने दावी गरेका छन् । जनकपुर संचारसित संक्षिप्त कुराकानी गर्दै साहले प्र देशसभा सदस्य पदमा उम्मेदवारको लागि आपूm योग्य रहेको बताए । स्थानीय तहको निर्वाचनमा आपूmलाई प्रदेशसभाको टिकट दिने आश्वासन दिएको सम्झिदै नेता साहले आपूm टिकट पाउनुपर्ने बताए । स्थानीय तहको निर्वाचनमा पार्टीका केन्द्रीय नेताहरुले आपूmलाई पछाडि हट्नको लागि भनेपछि आपूm पछि हटेको बताए । स्थापना कालदेखि अनवरत रुपमा सिपाहीको रुपमा काम गर्दै आएकोले यसपालीको निर्वाचनमा पार्टीले मुल्यांकन गर्ने विश्वास उनले व्यक्त गरे । स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्पmबाट मेयरमा उम्मेदवारी दिने आकांक्षा हुँदाहुँदै पनि पार्टीको निर्णय स्वीकार गरेर सहयोग गरेको उनले बताए । आगामी निर्वाचनमा पार्टीले अवसर दिएमा आपूm उम्मेदवार दिन तयार रहेको उनले सुनाए । उनी यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech