जनकपुरधाम । नेपाल–भारत बीचको सम्बन्ध कसैले चाहदैमा नबिग्रिने एक कार्यक्रमका वक्ताहरुले दावी गरेका छन् । नेपाल–भारत खुला सीमा संवाद समूह केन्द्रीय समितिले शनिबार जनकपुरमा आयोजना गरेको छलफल कार्यक्रममा वक्ताहरुले यस्तो दावी गरेका हुन् । नेपाल–भारत बीचको सम्बन्ध राजनीति मात्र नरहेकोले नेताले चाहदैमा बिग्रिने उनीहरुको तर्क थियो । नेपाल–भारत बीचको सम्बन्ध धार्मिक, सांस्कृतिक र पारिवारिक रहेकोले राजनीतिले बिगार्न नसक्ने उनीहरुको भनाई थियो ।

विगतमा भएका दुईवटा सन्धीहरु पश्चात नेपाल–भारतको सम्बन्धमा केही राजनीति रुपले मनमुटाव भएको जिकिर उनीहरुले गरे ।

कार्यक्रममा नेपाल–भारतका जानकार कुशेश्वर झाले राजा महेन्द्रको पालादेखि दुवै देश विरोधी गतिविधि सुरु भएको बताए । जनकपुरधामको प्रमुखमा उम्मेदवार बनेकी तमलोपा नेतृ विभा ठाकुरले आफु २०४४ सालमा विवाह गरेर नेपाल आएकोबेला नागरिकता लिन कुनै पनि अप्ठेरो नभएको बताउदै अहिले हुन थालेको जालझेल प्रति आपती जनाइन् ।

उनले भारतबाट विवाह गरेर नेपालकी बुहारी भएकी महिला माथि बिश्वास नभए सबैलाई फिर्ता पठाईदिनु पर्ने जिकिर उनले गरिन् । कार्यक्रममा नेपाल–भारत खुला सीमा संवाद समुहका केन्द्रीय अध्यक्ष राजिव झाले खुला सीमाका आयाम, समस्या, आर्थिक पक्ष, असर र मांगहरु समेटेर सम्बन्ध सुधारका लागि एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

झाले चिन सहितका देशहरु नेपालमा हस्तक्षेप गरेर दुई देशको सम्बन्ध बिर्गान खोजेको आरोप लगाए । चिनको चासो बढेपछि अन्य देशको समेत हस्तक्षेप भई मुख्य असर नेपाल–भारतको पौरानिक र नातेदारीको सम्बन्धमा परेको उनले बताए ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) की प्रदेश सांसद सुरिता साहले नेपाल–भारतको सम्बन्ध दुई देशको सरकार बिचको सम्बन्ध भन्दा पनि बेटीरोटीको सम्बन्ध रहेको बताइन् । कार्यक्रममा नेता जानकी राम साह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, जिसस धनुषाका प्रमुख, जउनपा वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र कुमार साह, नेपाल– भारत खुला सीमा संवाद समुह भारत सितामढीका अध्यक्ष रोहित झा सहितको सहभागिता थियो ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग