काठमाण्डौ । नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठकले १८९ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको छ । बैठकले महिन्द्रराय यादव र डा. बाबुराम भट्टराईको अध्यक्षतामा गठन गरिएको समितिको सहअध्यक्षमा गंगानारायण श्रेष्ठ तथा उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोब र महासचिवमा रमेशप्रसाद यादवलाई चयन गरिएको छ ।
बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज तोकेको छ । प्रदेश नं. १ मा राजेन्द्रकुमार किराँती, मधेस प्रदेशमा देवेन्द्र यादव, बागमती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतीप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ रहेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकताअनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्न सक्ने निर्णय बैठकले गरेको छ । जनता समाजवादी पार्टीबाट छुट्र डा. भट्टराईले छुट्टै पार्टी गठन गरेका हुन् । डा.भट्टराईलाई पूर्वमन्त्री महिन्द्र राय यादव लगायतका नेताले साथ दिएका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech