जनकपुरधाम । जानकी मन्दिर आसपासका फुटपाथ व्यापारीहरूले आइतबार जनकपुरमा प्रदर्शन गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले आपूmहरुको रोजगारी खोसेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
मेयर साहको निर्देशनमा फुटपाथ पसल हटाएको भन्दै साना तथा खुद्रा व्यापारीले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले स्थानीय जनकपुर युथ डेभलपमेन्ट फोर्स र जानकी युथ नेटवर्क नेपालको समन्वयमा नगरमा विरोध प्रदर्शन गरेका हुन् । फुटपाथ खाली गरेको एक साता भए पनि उपमहानगरले कुनै व्यवस्थापन नगरेको उनीहरूको गुनासो छ ।
साना तथा खुद्रा पसल थापेर व्यापार गरी जीविकोपार्जन गर्दै आए पनि आफूहरूको समस्याप्रति मेयर साह गम्भीर नरहेकोले विरोध प्रदर्शन गरेको उनीहरुले बताए ।
मेयर साहले विपन्न तथा गरिब वर्गका लागि वैकल्पिक व्यवस्थापन गर्न नचाहेकाले बाध्य भएर आन्दोलन गरेको उनीहरुको गुनासो थियो । आफूहरूलाई व्यवस्थापन नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत उनीहरुले दिए ।
स्थानीय युवा अगुवा सुशील कर्णले फुटपाथ खाली गरे पनि अहिलेसम्म उनीहरूको व्यवस्थापन नहुँदा जीविकोपार्जनका लागि आन्दोलन बाहेक अर्को कुनै विकल्प नरहेको बताए ।
उनीहरुले धर्म संस्कृतिसँगै जोडिएका सामग्री बेच्ने फुटपाथका व्यापारीको व्यवस्थापन गर्नु लोकतान्त्रिक परिवेशमा स्थानीय सरकारकै दायित्व रहेकोले तीन दिनभित्र आफूहरुको समुचित व्यवस्थापन गर्न मागसमेत गरेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech