जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. १ सोहनीस्थित सोमेश्वर मन्दिरमा सोमबार श्रद्धालु भक्तजनको भिड लागेको छ । साउन महिनाको चौथो सोमबार बिहानैदेखि श्रद्धालु भक्तजनको भिड लागेको हो । सोमेश्वर मन्दिरमा दर्शन पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वासका साथ सोहनी वरिपरिका गाउँका श्रद्धालु भक्तजनको भिड लागेको स्थानीय हरिनारायण यादवले बताए । केही वर्ष यता यादवको सक्रियतामा मन्दिरको सौन्दर्यीकरण गरेर व्यवस्थित बनाइएको छ । साउन महिनामा मात्रै हजारौ श्रद्धालु दर्शन पूजाको लागि मन्दिरमा आएको यादवले बताए । प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा मन्दिरको सौन्दर्यीकरण गरेर आकर्षक बनाइएको छ । मन्दिर निर्माण कार्यमा यादवले सक्रिय भूमिका निर्वाह गरेका छन् ।

सम्बन्धित खवर